कराची । पाकिस्तानको दक्षिणी क्षेत्र कराचीमा रहेको एक केमिकल कारखानामा आगजनी हुँदा १५ जना मजदुरको मृत्यु भएको छ । उद्धारकर्ताहरुका अनुसार १५ जनाको शव निकालिएको छ । कराचीको मेहरान सहरमा रहेको उक्त कारखानामा १५ जनाको मृत्यु भएको हो । सिन्धस्थित उद्धार विभागको इदी फाउन्डेसनका प्रमुख मुहम्मद अजिमले १५ जना मजदुरहरु मृत फेला परेको जानकारी दिएका छन् ।
उनका अनुसार उद्धार टोलीका दुई जना पनि घाइते भएका छन् । उक्त कारखानाभित्र अझै केही मजदुरहरु फसेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । सहरका प्रमुख अग्नि नियन्त्रण कार्यालयका प्रमुख मुबीन अहमेदका अनुसार १३ वटा अग्नि नियन्त्रक र स्नोरकेलहरुको प्रयोग गरिएको हो ।
उक्त केमिकल कम्पनीमा कसरी आगलागी भयो भन्ने कुरा भने खुलेको छैन । उक्त आगलागी हुँदा कम्पनीमा ३५ जना रहेको खुलेको छ । अधिक धुवाँ र साघुँरो स्थानका कारण उद्धारमा समस्या भएको बताइएको छ । अग्नि नियन्त्रकसहित प्रहरीलगायतको सुरक्षाकर्मीको टोली, चिकित्सक पनि उक्त क्षेत्रमा गएको र उद्धार गरिएको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्