×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज फर्स्ट म्युचुअल फन्डद्वारा नगद लाभांश इकाईधनीको बैंक खातामा पठाउन सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज फर्स्ट म्युचुअल फन्डद्वारा नगद लाभांश इकाईधनीको बैंक खातामा पठाउन सुरु

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले आफ्ना इकाईधनीहरुको खातामा प्रतिफल पठाउन सुरु गरेको छ । फन्डले आज मंगलबारबाट नगद लाभांश इकाईधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको हो । हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउ फन्डले आग्रह गरेको छ ।
यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यस्तै हालसम्म पनि हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सन्राइज क्यापिटलले जनाएको छ । साथै इकाई धितो राखेका इकाईधनीले प्रतिफल लिनको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी