काठमाडौं । सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । दुवै फन्डले लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुक क्लोज गर्ने भएकाले आजसम्म कायम लगानीकर्ताले सो लाभांश पाउनेछन् ।
सानिमा इक्वीटी फन्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट करसहित ३३% नगद लाभांश दिने घोषणा गरेको छ भने सानिमा लार्ज क्याप फन्डले पनि गत आर्थिक वर्षको नाफाबाट करसहित ४% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।