काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस र हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२% बोनस सेयर र ३०% हकप्रदपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको मूल्य ७६२ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।
बैंकले बोनस र हकप्रदका लागि आज असोज १ गते शुक्रबारदेखि बुक क्लोज गर्दैछ । भदौ ३१ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश र हकप्रद सेयर पाउनेछन् । कम्पनीले १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित असोज १६ गते सीद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ ।