Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने 

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । केहि संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेको सूचना बैंकले जारी गरको हो । संस्थापकको नाममा रहेको १३ हजार ८७४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
सो सेयरमा अहिले बैंककै संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सो सेयर सर्वसाधारणका लागि खुलाइने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK