काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १६.९०% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम ८ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजीको १६.९०% का दरले बोनस सेयर र कर प्रयोजनको लागि ०.८८% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।
