काठमाडौं । कुमारी बैंकका २ जना सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी वेद प्रसाद उप्रेतीले २ लाख ३८ हजार ६४० कित्ता र भेन्चर ट्रेडिङ एन्ड इन्भेष्टमेन्ट कम्पनीले आफ्नो नाममा रहेकोे १ लाख ९५ हजार कित्ता गरी कुल ४ लाख ३३ हजार ६४० कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको हो ।
सूचना यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । सो सेयर खरिद गर्न संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा आवेदन नपरेमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्