×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको ४ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्रै किन्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकको ४ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्रै किन्न पाउने

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंकका २ जना सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।  बैंकका संस्थापक सेयरधनी वेद प्रसाद उप्रेतीले २ लाख ३८ हजार ६४० कित्ता र भेन्चर ट्रेडिङ एन्ड इन्भेष्टमेन्ट कम्पनीले आफ्नो नाममा रहेकोे १ लाख ९५ हजार कित्ता गरी कुल ४ लाख ३३ हजार ६४० कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको हो ।
सूचना यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । सो सेयर खरिद गर्न संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा आवेदन नपरेमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी