काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले आफ्ना लगानीकर्ताहरुलाई २१.०५२% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले नगदमा लाग्ने करसहित सो नगद लाभांश वितरण गर्न लागेको हो ।
नगद लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ९ गते पाँचौं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा केयर रेटिङ नेपालको कार्यालय पुतलीसडकमा दिउँसो २.३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबलगायतमा पनि छलफल हुनेछ ।