काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको ७० हजार ६६९ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइने भएको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको सो संस्थापक सेयर असोज १ गतेदेखि बिक्रीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम ५०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।