काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने भोलि बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले १५औं वार्षिक साधारणसभा र लाभांश वितरणको लागि असोज २२ गते बुक क्लोज गरेसँगै असोज २० गतेसम्म कायम सेयरधनीले लाभांश पाउने र सभामा भाग लिन सक्नेछन् ।
असोज २१ गते सार्वजनिक विदा रहेकाले बुधबारसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १२.९१३% बोनस सेयर र ३. ०८ % नगद लााभांश गरी कुल १६% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।