×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा, आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सबैको लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा, आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने

Artha Sarokar

२० आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३१.०५ प्रतिशत बोनस सेयर र कर तिर्न १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् । कम्पनीले हाल कायम २० करोड ६७ लाख २७ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी