काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थापक सेयरधनी समूहको सेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले हाल कायम रहेको संस्थापक सेयरधनीको समूहको ५३ दशमलव ४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको एक सूचना जारी गर्दै जनाएको छ ।
कम्पनीले सेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ । कम्पनीले संस्थापक सेयरधनीले आफ्नो सेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने वा सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालय पुतलीसडकमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।