काठमाडौं । शिवम् सिमेण्ट्स लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि कात्तिक ८ गते बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीले आफ्नो छौंठौ वार्षिक साधारणसभा कार्तिक १६ गते बोलाएको छ । कम्पनीको असोज २२ गतेको सञ्चालक समितिको बैठकले होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीको उक्त सभा भर्चुअल माध्यमबाट हुने भएको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कर समेत २९ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरु पारित गर्ने कम्पनी जनाएको छ ।