काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । दुबै कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १२ गते बुक क्लोज गरेसँगै आज बिहिबारसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
आशाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र कर प्रयोजनको लागि १.३१% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक २७ गते बिहान १० बजे फ एण्ड ट्रोउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी, नुवाकोटमा साधारणसभा बोलाएको छ ।
यस्तै स्वरोजगारले गत आर्थिकको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक २७ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्