काठमाडौं । आशा र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले आशा लघुवित्तको २५% बोनस सेयरमा मूल्य समायोजन गरेको हो भने स्वरोजगार लघुवित्तको पनि २५% बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।
नेप्सेले आशाको बोनस सेयर समायोजनपछिको भाउ १५ सय १९ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ भने स्वरोजगारको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । सोही मूल्यका आधारमा आइतबार दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ ।
यस्तै आशा लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५% बोनस सेयर र कर प्रयोजनसहित १.३१% नगद गरी कुल २६.३१५ लाभांश वितरण गर्दैछ । यता स्वरोजगारले २०७७/७८ को नाफाबाट २५% बोनस सेयर वितरण गर्दैछ ।
दुवै कम्पनीको सभा कात्तिक २७ गते बस्दैछ । सभा तथा लाभांश प्रयोजनको लागि दुवै कम्पनीले आज कात्तिक १२ गते बुक क्लोज गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्