काठमाडौँ । शिवम् सिमेन्ट्सको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सो सभा सम्पन्न भएको हो ।
उक्त वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजी रु. ४ अर्व ४० करोडको २९ प्रतिशत (उनान्तिस प्रतिशत) का दरले (लाभांशमा लाग्ने करसहित) हुन आउने रु. १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभांश रकम वितरण गर्ने प्रस्तावसहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ. व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८/०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।
यस्तै सेयरधनीहरुको बैंक खातामा सेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत नगद लाभांश वितरण हुने हुनाले सेयरधनीले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्