Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानमा चीनीको दरमा भारी वृद्धि, खुद्रा दर १६० किलोसम्म पुग्यो

अर्थ सरोकार

पाकिस्तान । पाकिस्तानमा चीनीको दरमा भारी वृद्धि भएको छ। देशको अधिकांश हिस्साहरूमा थोक दर १५० रूपियाँ प्रति किलो र खुद्रा दर १६० किलोसम्म पुगेको छ। लाहौरमा थोक मूल्य १५ हजार रूपियाँ प्रति १०० किलोग्राम पुगेको छ, कारण स्थानीय स्टक समाप्त हुन लागेको छ र मूल्यहरू बढ्न थालेको छ।

यसरी नै कराची, पेशावर, रावलपिण्डी र देशका अन्य हिस्साहरूमा पनि चीनीको दाम बढेको जानकारी प्राप्त भएको छ। क्वेटामा अचानक चीनीको दाम १३५ देखि १४० रूपियॉं प्रति किलो भएको छ। चीनीको दाम बढेको विषयमा पंजाब सरकारका अधिकारीले भने, राज्यमा चीनी मिलका मालिकहरूको दुई समूहसित ८०  हजार टन घोषित स्टक छ। यो दुवै समूह छदेखि सात डीलरका समूहसित बजमारमा धांधली गरिरहेको छ। तर, चीनीको इन्पोर्टेड भेरियन्ट उपलब्ध छ, स्थानीय व्यापारीहरू दानादार र क्रिस्टल चीनी मन पराउॅंछन् । पाकिस्तानमा खाद्य सामग्रीहरूको दाम लगभग दुई गुना बढेको छ । घिउ, तेल, चीनी, आटा र कुखुराहरूको दाम पनि निकै बढेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK