Skip to content
LAXMI SUNRISE BANK

सूर्योदय लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा, आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने

अर्थ सरोकार

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयर धनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउने भएको छन् । कम्पनीले अघिल्लो वर्ष भने १५.३५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK