काुबल । ह्युमन राइट्स वाचले तालिबानले अफगान महिलाहरूलाई सहायता कार्यक्रममा सहयोगीको रुपमा काम गर्न प्रतिबन्ध लगाएको जनाएको छ। जसले अत्यावश्यक जीवन बचाउने सहायतालाई अफगानिस्तानमा पुग्नबाट रोकेको स्थानीय मिडियाले रिपोर्ट गरेका छन्।
महिला सहायताकर्मीहरूमाथि तालिबानको कडा प्रतिबन्धले अत्यन्त आवश्यक जीवन बचाउने सहायतालाई अफगानीहरू, विशेष गरी महिला, केटीहरू र महिलाको नेतृत्वमा रहेका घरपरिवारहरूमा पुग्नबाट रोकेको छ। महिला सहायताकर्मीहरूलाई आफ्नो कामलाई निर्बाध रूपमा गर्न अनुमति दिनु एजेन्सीहरू वा दाताहरूले शर्तहरू राख्ने कुरा होइन। मानवीय सहायताका लागि उक्त सहयोग सम्बन्धि व्यक्तिहरुसम्म पुर्याउनको लागि परिचालन आवश्यक छ, टोलो न्यूजले मानव अधिकार वाचका सहयोगी महिला अधिकार निर्देशक हेदर बारलाई उद्धृत गरेको छ।
३४ प्रान्तमध्ये तीनले मात्र आधिकारिक रूपमा महिला कामदारहरूलाई काम गर्न अनुमति दिएको जनाइएको छ। ह्युमन राइट्स वाचद्वारा समीक्षा गरिएको कागजातले संकेत गरेको छ कि २८ अक्टोबर २०२१ सम्म, तालिबान अधिकारीहरूले केवल तीन प्रान्तमा महिला सहायताकर्मीहरूलाई आफ्नो काम गर्न बिना शर्त अनुमति दिने लिखित सम्झौता प्रदान गरेका थिए ।
आधाभन्दा बढी राज्यहरुका महिला सहायताकर्मीहरूले प्रतिबन्धको सामना गर्नुपरेको छ। कडा प्रतिबन्धहरू, जस्तै परिवारका पुरुष सदस्यहरूले उनीहरूको काम गर्दा उनीहरूलाई एस्कर्ट गर्ने, उनीहरूलाई उनीहरूको काम प्रभावकारी रूपमा गर्न गाह्रो वा असम्भव बनाउनेलगायतका प्रतिबन्धहरु लगाइएको तोलो न्युजले जनाएको छ।
तालिबानको यस्तो किसिमको प्रतिबन्धले टाढाका प्रान्तहरूमा अत्यावश्यक आवश्यकतामा परेका महिला र बालबालिकाहरूसमक्ष सहयोग पुग्नबाट वञ्चित गरेको छ र यसले संकटलाई पनि तीव्र बनाउने गरेको बताइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्