Skip to content
LAXMI SUNRISE BANK

छिमेक लघुवित्तद्वारा लाभांश घोषणा : सेयरधनीले २७ प्रतिशत बोनसका साथमा कर तिर्न ३ प्रतिशत नगद पाउने

अर्थ सरोकार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् । कम्पनीले हाल कायम १ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश वितरण गर्न लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK