काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले मंसिर ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको प्राइम बैंक, प्रभु बैंक र नेपाल ग्रामीण विकास लघुवित्तको सेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रभु बैंकको ५० हजार कित्ता,प्राइम बैंकको ६६ हजार ६७५ कित्ता र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले प्रभु बैंकको सेयरमा २०५ रुपैयाँ, प्राइम बैंकको सेयरमा २२५ रुपैयाँ, नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ३५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्ने भएका छन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने भएको छ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा बुझाउन सकिने भएको छ ।