Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्स्चेन्जमा ङादी ग्रुप पावर र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत, कसको कति ?

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ङादी ग्रुप पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा ङादीको ११ लाख ७८ हजार २२१ कित्ता र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

ग्रीन डेभलपमेण्ट बैंकको २०७७ चैत २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ३ दशमलव ८ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो । यस्तै ङादी ग्रुप पावरको २०७८ असोज ३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित गरेको २० प्रतिशत बोनस सेयर सूचिकृत भएको हो । सेयर सूचिकृत भएसँगै अब बोनस सेयर सेयरधनीको हितग्राही खातामा आएपछि सेयरधनीले खरीदविक्री गर्न सक्ने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK