काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब मध्य भोटेकोशीको सेयर सम्बन्धी सम्पुर्ण कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
सो सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापिटलबिच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।