×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सदाबहार साझेदार चीन पाकिस्तानबीचको सम्बन्धमा दरार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सदाबहार साझेदार चीन पाकिस्तानबीचको सम्बन्धमा दरार

Artha Sarokar

६ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । कथित सदाबहादर साझेदार पाकिस्तान र चीनबीचको समबन्धमा दरार देखिएको छ। चीनले पाकिस्तानलाई विभिन्न मुद्दाहरुमा अपमान गरेको आभाष भएपछि दुई मुलुकबीचको समबन्धमा दरार वैदा भएको हो।

चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) र टेलिकम्युनिकेसनसम्बनधी चाइना मोबाइल पाकिस्तानका मामिलाका विषयमा दुई मुलुकबीचको सम्बन्ध बिग्रिएको हो। इजरायली सञ्चारयमाध्यम सेर्गोइ रेस्टेलीका अनुसार पाकिस्तान र चीनबीचको सम्बन्धमा अहिले हिमालभन्दा पनि अग्लो र सागरभन्दा पनि गहिरो दरार पैदा भएको छ।

उनीहरुले दुई मुलुकबीचको सम्बन्ध राम्रो देखाउन खोजे पनि पछिल्ला घटनाक्रमहरु र उनीहरुका गतिविधिहरुले भने सम्बन्ध राम्रा नभएको स्पष्ट पार्दछ। ६२ बिलियन अमेरिकी डलर बराबरको चीन पाकिस्तान आर्थिक करिडोरका लागि चीनले थप लगानी नगरेपछि चीन पाकिस्तान सम्बन्धमा समस्या सिर्जना भएको हो।

सीपीईसी सम्झौतामा चीन र पाकिस्तानले हस्ताक्षर गरेदेखि नै यसको कार्यान्वयन, पारदर्शीता, सार्वजनिक नगरिएका सेवा र शर्तहरु, ऋण प्रवाह, चिनियाँ कामदारहरुको अवस्था, बढ्दो ऋणभार लगायतका विषयमा छलफल भएको थियो ।

यसअघि सीपीईसी परियोजनामा भएको बम विस्फोटमा चिनियाँ कामदारहरु मारिएपछि चीनले ३८ मिलियन अमेरिकी डलरको क्षतिपूर्ति दाबी गरेको छ। पाकिस्तानलाई उक्त क्षतिपूर्ति दिन समस्या भइरहेको छ। पाकिस्तानमा पछिल्लो समय चिनियाँ नागरिकहरुमाथि दुव्र्यवहार हुन थालेपछि चीन पाकिस्तानप्रति कठोर बन्दै गएको हो।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी