इस्लामावाद । पाकिस्तानको आर्थिक अवस्था ठूलो संकटतर्फ अघि बढिरहेको छ। भारतको छिमेकी राष्ट्र पाकिस्तानको मुद्रास्फीति ९ प्रतिशतले बढेकोले पाकिस्तानको आर्थिक अवस्था ठूलो संकटतर्फ गइरहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।
त्यसैगरी प्रतिव्यक्ति आयमा आएको कमीले पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तहरीक ए इन्साफ(पीटीआई) का सामु चुनौती थपिएको विपक्षीहरुले जनाएका छन् । सरकारले मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकेको भन्दै विपक्षी गठबन्धनले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
पाकिस्तानको प्रतिव्यक्ति आय सन् २०१८ मा एक हजार ४८२ अमेरिकी डलर रहेकोमा सन् २०२१ मा एक हजार २६० अमेरिकी डलरमा झरेको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ। यसले मुलुकमा क्रय शक्ति अझै पनि कम रहेको संकेत गरेको पाकिस्तानी सञ्चारमाध्यम द न्यूज इन्टरनेशनलले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्