काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकको १३.५ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १२ गते आइतबार अन्तिम दिन रहेको हो । बैंकले साधारणसभा र लाभांश प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ आजसम्म कायम सेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
बैंकले मंसिर २७ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुने भएको छ । साथै प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । ग्लोबलको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्