काठमाडौं । एनएमबि ५० को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ३२ पैसाले बढेर प्रतिइकाई खुद सम्पति मूल्य १६ रुपैयाँ १६ पैसा कायम भएको छ । असोज महिना सम्ममा फण्डको न्याभ १५ रुपैयाँ ८४ पैसा रहेको थियो ।
यसअवधिमा फन्डले सूचीकृत कम्पनीको सेयरमा ३ करोड २७ लाख १७ हजार रुपैयाँले लगानी बढाएर १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ कायम गरेको छ । यसअवधिमा फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
फन्डको सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा रहेको छ । सिद्धार्थ बैंकको १ लाख ५५ हजार ४९८ कित्ता सेयरमा ७ करोड ८३ लाख ७० हजार रुपैयाँभन्दा बढी लगानी गरेको छ । यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने ३९ करोड १६ लाख रुपैयाँबाट घटेर २९ करोड ६० रुपैयाँमा सिमित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्