काठमाडौं । एनआइबीएल समृद्धि फन्ड-१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) ४ पैसाले बढेर १२ रुपैयाँ ६६ पैसा पुगेको छ । असोज महिनासम्ममा फण्डको न्याभ १२ रुपैयाँ ६२ पैसा रहेको थियो । यस्तै कात्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको सेयर बजारमा लगानी बढेको छ । १ महिनाको अवधिमा फण्डको सेयर बजारमा लगानी १७ करोड ९१ लाख ७९ हजार रुपैयाँ बढेको हो ।
यसअवधिमा फण्डले २९ वटा सूचीकृत कम्पनीको सेयरमा १० करोड २८ लाख ४३ हजार रुपैयाँ लगानी गरेको छ । सबैभन्दा धेरै लगानी लाइफ इन्स्योरेन्सको सेयरमा रहेको छ । लाइफ इन्स्योरेन्सको ९ हजार ७३९ कित्ता सेयरमा १ करोड ९८ लाख ९ हजार रुपैयाँ लगानी रहेको छ । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात भने ४ करोड ७९ लाख रुपैयाँले घटेर १३ करोड ५० लाख रुपैयाँमा कायम भएको छ । असोजमा भने फण्डको बैंकमा १८ करोड २९ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।`
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्