Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयरपछिको सेयरमा मूल्य समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ ।

सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते सोमबार बुक क्लोज गरेको छ । गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । बैंकको वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीकाठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK