×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया ब्यालेन्स्ड फन्डको न्याभ बढ्यो, नबिल बैंकको सेयरमा सबैभन्दा धेरै लगानी

PRIME CA

एनआइसी एशिया ब्यालेन्स्ड फन्डको न्याभ बढ्यो, नबिल बैंकको सेयरमा सबैभन्दा धेरै लगानी

१३ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआइसी एशिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तसम्ममा फण्डको न्याभ २७ पैसाले बढेर प्रतिइकाई खुद सम्पति मूल्य १४ रुपैयाँ ५९ पैसा कायम भएको छ । असोज महिनासम्ममा फण्डको न्याभ १४ रुपैयाँ ३२ पैसा पैसा रहेको थियो ।

यस्तै कात्तिक मसान्तसम्ममा आइपुग्दा फन्डको सेयर बजारमा लगानी घटेको छ । १ महिनाको अवधिमा सेयर बजारमा लगानी १ करोड ५ लाख ५७ हजार रुपैयाँले घटेर ७६ करोड ४५ लाख ५५ हजार रुपैयाँमा कायम भएको छ ।

यसअवधिमा फन्डले ८० वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ५० हजार ९१९ कित्ता सेयरमा ७ करोड ९३ लाख ८२ हजार रुपैयाँ लगानी गरेको छ । यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने २ करोड ५३ लाखबाट बढेर ५ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: