Skip to content
LAXMI SUNRISE BANK

नबिल इक्विटी फन्डको न्याभ घट्यो, सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ३३ करोड ८२ लाख ४१ हजार रुपैयाँ लगानी

अर्थ सरोकार

काठमाडौं । नबिल इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । कात्तिक मसान्तसम्म आइपुग्दा फण्डकोको न्याभ २७ पैसाले घटेर १३ रुपैयाँ ४८ पैसामा सीमित भएको छ । असोज महिनामा फण्डको न्याभ १३ रुपैयाँ २१ पैसा रहेको थियो ।

यस्तै फण्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । १ महिनाको अवधिमा सेयर बजारमा लगानी १ करोड ६ लाख १५ हजार रुपैयाँले घटेर १ अर्ब ३३ करोड ८२ लाख ४१ हजार रुपैयाँमा कायम भएको छ ।

यस्तै कात्तिक महिनामा फण्ड ६ करोड २१ लाख ४९ हजार रुपैयाँ कुल नोक्सानमा छ । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात पनि ६ करोड ९३ लाख ८५ हजार रुपैयाँबाट घटेर ६ करोड ५८ लाख १९ हजार रुपैयाँ कायम भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK