×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्त वित्तीय संस्था र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

PRIME CA

सबैको लघुवित्त वित्तीय संस्था र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

अर्थ सरोकार

१६ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । सबैको लघुवित्त ३२.६८ प्रतिशत र शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १६ गते बिहीबार अन्तिम दिन रहेको हो ।

यस्तै सबैको लघुवित्तले पुष ३ गते बस्ने वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभामा ३१.०५ प्रतिशत बोनस सेयर र कर तिर्न १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते शुक्रबारदेखि बुक क्लोज गर्ने भएको छ । तसर्थ बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले मंसिर २९ गते बस्ने वार्षिक साधारणसभा बोलाएको छ । । सभामा १०.९३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।बैंकले सभा प्रयोजनका लागि शुक्रबारदेखि नै बुक क्लोज गर्ने भएको छ । तसर्थ बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: