काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । संस्थाको १४ सय ९४ कित्ता संस्थापक सेयर लिलामी भर्ने मंसिर २० गते सोमबार अन्तिम दिन रहेको हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । नेरुडेले कात्तिक १६ गतेदेखि संस्थापक सेयर लिलामी खुला गरेको हो । कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनी र अन्य संघसंस्थाहरुले आवेदन दिन पाउनेछन् ।
कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्