Skip to content
LAXMI SUNRISE BANK

चीनद्वारा दुई उच्च प्रोफाइल लाइभस्ट्रिमरमाथि कर छलीको लागि लाखौं डलर जरिवाना

अर्थ सरोकार

बेइजिङ । चीनको एक स्थानीय कर प्राधिकरणले दुई प्रभावशाली लाइभस्ट्रिमरहरूलाई कर छलीको आरोपमा कारबाही गरेको छ ।

उनीहरुलाई ९० मिलियन युआन भन्दा बढी जरीवाना गराइएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । पूर्वी झेजियाङ प्रान्तको हाङ्जाउ कर ब्यूरोले भुक्तान नगरेको करहरू असुली गर्ने र ढिलो गरी भुक्तान हुन आएमा जरीवाना थप गरिने जनाएको छ । लाइभस्ट्रिमर झू चेन्हुईलाई ६५.६ मिलियन र लिन शान्सानलाई २७.७ मिलियनको दोहोरो जरिवाना लगाएको छ ।

झू र लिनले कर कानूनको उल्लङ्घन गर्दै सन् २०१९ मा व्यक्तिगत तलबबाट प्राप्त आम्दानीलाई उनीहरूको एकल स्वामित्व कम्पनीहरूको सञ्चालन आयको रूपमा रेकर्ड गरेको चिनियाँ अधिकारीले जनाएको छ। यो जोडी बिग डाटा विश्लेषणमार्फत फेला परेको कर ब्यूरोले आफ्नो वेबसाइटमा जनाएको छ । ब्यूरोले पत्ता लगायो कि अन्य लाइभस्ट्रिमरहरूले पनि कर छल्ने गरेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK