काठमाडौं । नेपाल बैंक लिमिटेडको १४% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सो कम्पनीको १४% बोनस सेयर समायोजनपछिको भाउ ३७८ रुपैयाँ ६८ पैसा निर्धारण गरेको हो । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो ।
यता बैंकले साधारणसभा गर्नको लागि आज मंगलबार मंसिर २१ गते बुक क्लोज गरेको छ । बैंकले गत वर्षको नाफाबाट १४% बोनस सेयर र ३% नगद गरी कुल १७% लाभांश वितरण गर्दैछ । यस्तै बैंकले पुस २ गते प्रधान कार्यालय धर्मपथमा बिहान ११ बजे साधारणसभा बोलाएको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्