×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकसहितका ४ कम्पनीको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका, कसको बुक क्लोज कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी बैंकसहितका ४ कम्पनीको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका, कसको बुक क्लोज कहिले ?

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । लक्ष्मी बैंक, समता घरेलु लघुवित्त, नेरुडे लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको हो ।
साधारणसभा र लाभांश प्रयोजनको लागि लक्ष्मी बैंक र समता घरेलु लघुवित्तले मंसिर २४ गते बुक क्लोज गर्दैछन् भने  नेरुडे लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा र लाभांश प्रयोजनको लागि मंसिर २६ गते बुक क्लोज गर्दैछ । यद्यपि मंसिर २४ र २५ गते शुक्रबार र शनिबार परेकाले आजनै उक्त कम्पनीको लाभांश सुरक्षित गर्नुपर्छ ।
लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर र ३.५% नगद लाभांश वितरण गर्दैछ भने लाभांश प्रस्ताव पारित गर्न पुस ८ गते वार्षिक साधारणसभा गर्ने भएको छ । यता समता घरेलु लघुवित्तले गत वर्षको नाफाबाट २०% बोनस सेयर र ५% नगद वितरण गर्ने निर्णय गरेको छ । लघुवित्तले पुस ७ गते वार्षिक साधारण सभा डाकेको छ ।
यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाले गत वर्षके नाफाबाट १.४८% बोनस र कर प्रयोजनसहित १.१३% नगद लाभांश वितरण गर्दैछ । यसको साधारण सभा पुष १० गते बस्दैछ । साथै रिलायन्स लाइफले गत वर्षको नाफाबाट ५.२६% (करसहित) नगद लाभांश वितण गर्दैछ । यस कम्पनीले पुस ११ गते साधारण सभा डाकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी