×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको १३.६८% लाभांश हात पार्न मंसिर २६ गतेसम्म सेयरधनी बन्नुपर्ने, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लुम्बिनी विकास बैंकको १३.६८% लाभांश हात पार्न मंसिर २६ गतेसम्म सेयरधनी बन्नुपर्ने, कहिले हुँदैछ साधारणसभा ?

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंकले पुस ९ गते साधारणसभा बोलाएको छ । बैंकले १३.६८% लाभांश प्रस्ताव पारित गर्न पुस ९ गते बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजे साधारणसभा बोलाएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १३% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
यस्तै बोनस सेयरपछि पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
सभाका लागि बैंकले मंसिर २७ गते बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार मंसिर २६ गते आइतबारसम्म कायम रहने सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी