काठमाडौं । नेपालमा हरेक वर्ष खेतीपातीको सिजनमा किसानहरुले मल नपाउने समस्याको सामना गरिरहेका छन् । नेपाल सरकारले किसानहरुलाई समयमै मल उपलब्ध गराउन आपूर्तिलाई बढाएको थियो । तर, यसपटक चीनले नेपालमा ल्याउन लागिएको मल आपूर्तिमा प्रतिबन्ध लगाएकपछि किसानहरुले फेरि समयमा मल नपाउने समस्या बढ्ने भएको छ ।
नेपाल सरकारले एमएस गेनट्रेड एएफजेडई, यूएईसँग २५ हजार मेट्रिक टन डीएपी मल आपूर्ति गर्ने विषयमा ११ अक्टोबरमा सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार नेपाल इन्भेस्टमेन्ट बैंकमा २१ अक्टोबरमा प्रतितपत्र खोलिएको थियो। सम्झौता भएको कम्पनी एमएसले नेपालमा मल आपूर्ति गर्न चीनको इडु सिङ्फा केमिकल कोअपरेटिभ लिमटेडमा उत्पादित मल चिनियाँ आपूर्तिकर्ता एरिज फर्टिलाइजर ग्रुप लिमिटेडमार्फत सिपमेन्टका लागि एमभी इलिफथेरोरिया जहाज बुक गरि चीनको झेङजियाङ बन्दरगाह पुर्याइएको थियो ।
तर, चीनले भने १५ अक्टोबरदेखि नै नयाँ नीति लागु गरी निर्यातमा प्रतिबन्ध लगाइएका कारण उक्त मत सोही बन्दरगाहमा रोकिएको छ। त्यसैगरी एमएस देश ट्रेडिङ ढाकासँग खरिद गरेको अर्को २५ हजार मेट्रिक टन डीएपी पनि सोही जहाजमा रहेको कृषि मन्त्रालयले जनाएको छ ।
उक्त मल खरिदका लागि ८३६, ५८० अमेरिकी डलर सिपमेन्ट र १२५,००० अमेरिकी डलर बोरा खरिदका लागि पनि रकम उपलब्ध गराइसकेको अवस्थामा नेपालले खरिद गरेको मल त्यही अलपत्र परेपछि पहल गरिदिन कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको हो ।
चीनले आपूर्तिमा लगाएको प्रतिबन्धका कारण नेपालका किसानहरु समस्यामा परेका हुन् । परराष्ट्र मन्त्रालयले पनि चिनियाँ दूतावासलाई खबर गरेको भए पनि कुनै जवाफ नआएको जनाएको छ । चीनले उत्तरी सीमा नाका क्षेत्रमा अघोषित नाकाबन्दीका कारण नेपाली व्यापारीहरुको करोडौंको सामना अलपत्र परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्