काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १०औं वार्षिक साधारणसभा पुस २२ गते हुने भएको छ । कम्पनीको मंसिर २० गतेको सञ्चालक समितिको बैठकले सभा रजिष्टर्ड कार्यालय हात्तिसार, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ८.४२% लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै कम्पनीको कात्तिक १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको अधारमा ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेछ ।
यता सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीले लाभांश तथा सभा प्रयोजनका लागि पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस कारण पुस ४ गतेसम्म कायम सेरयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्