×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८.४२% लाभांश पारित गर्ने एजेन्डासहित हाइड्रोइलेक्ट्रीसिटीले पुस २२ गते बोलायो १०औं वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

८.४२% लाभांश पारित गर्ने एजेन्डासहित हाइड्रोइलेक्ट्रीसिटीले पुस २२ गते बोलायो १०औं वार्षिक साधारणसभा

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १०औं वार्षिक साधारणसभा पुस २२ गते हुने भएको छ । कम्पनीको मंसिर २० गतेको सञ्चालक समितिको बैठकले सभा रजिष्टर्ड कार्यालय हात्तिसार, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ८.४२% लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै कम्पनीको कात्तिक १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको अधारमा ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेछ ।
यता सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीले लाभांश तथा सभा प्रयोजनका लागि पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस कारण पुस ४ गतेसम्म कायम सेरयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी