काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । कम्पनीको मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी सभामार्फत पारित गर्ने गरिने कम्पनीले जनाएको छ ।
यस्तै लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, निमावलीको नियम ८ (२) र ८ (३) संशोधन गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ ।
कम्पनीले सभाका लागि पुस ११ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।