×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको वार्षिक साधारणसभा पुस २२ गते, बुक क्लोज कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकको वार्षिक साधारणसभा पुस २२ गते, बुक क्लोज कहिले ?

Artha Sarokar

२७ मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारणसभा पुस २२ गते बस्ने भएको छ । बैंकले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे बोलाएको हो । बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १२.५% बोनस सेयर र करसहित ३.३% नगद गरी कुल १५.८% लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ ।
जसका लागि बैंकले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पुस ६ गतेसम्म सेयरधनी बन्नुपर्नेछ । बैंकले सभामा जारी पूँजी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर १८ अर्ब ३६ करोड रुपैयाँ पुर्याउने एजेन्डा पनि राखेको छ ।
यस्तै बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी