काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब विदेशी धितो सुरक्षणमा कर्जा प्रवाह गर्न नपाउने भएको छ । राष्ट्र बैंकले सोमबार निफ्राका लागि एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिदिएको हो । केन्द्रिय बैंकले सोमबार पूर्वाधार विकास बैंकका लागि जारी गरिएको निर्देशन २०७५ मा संशोधन गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।
नेपालमा एउटै रहेको पूर्वाधार विकास बैंकका लागि राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा हालसम्म नरहेको व्यवस्था गरिएको हो । ‘पूर्वाधार विकास बैंकले हक कायम गर्न नसकिने किसिमको विदेशमा रहेको धितो सुरक्षणमा कर्जा प्रवाह गर्न पाईने छैन ।’ निर्देशनमा भनिएको छ । साथै निर्देशनमा परियोजना कर्जाको ग्रेस अवधिमा पाकेको ब्याजलाईसमेत पूँजीकरण गर्न नपाईने व्यवस्था गरिएको छ ।
साथै अब पूर्वाधार विकास बैंकले अन्तरबैंक कारोबार सापटीका रुपमा अन्य ईजाजत प्राप्त बैंकबाट कर्जा सापटी लिन पाउनेछ । अब यसलाई नियमित कर्जा सापटीको रुपमा नभई अन्तरबैंक कारोबार सापटिको रुपमा हेरिने भएको छ । यस्तो अन्तरबैंक सापटीको अवधि भने ७ कार्यदिनको हुने निर्देशनमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्