काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशतका दरले हुन आउने ११ लाख १ हजार ३४५ कित्ता बोनस सेयर र सिटिजन बैंकको १२.९१३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ४० हजार ५०८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।