Skip to content
LAXMI SUNRISE BANK

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ मूल्य ?

अर्थ सरोकार

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे १८ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले संस्थाले उक्त सेयर बिक्री गर्न लागेकाे हाे ।
सो सेयरकाे मूल्य बिक्रताले ताेके बमाेजिम हुने संस्थाले जनाएकाे छ । संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रिय कार्यालय, महुली, सप्तरीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
यस्तै तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएकाे छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK