काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा पुस २४ गते हुने भएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैकठले सभा बिहान ११ बजे होटल नमस्ते, अत्तरियामा गर्ने निर्णय गरेको हो ।
सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुसुचिहरु पारित गर्नेछ ।
यस्तै सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री बस्याल एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स पुनः नियुक्ति हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले अन्य लघुबित्त बित्तीय संस्था वा अन्य लघुबित्त बित्तीय संस्थामा यस बित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा मर्जर प्राप्ति समितिको गठन गर्ने, उपयुक्त संस्था संग सम्झौतापत्रमा हस्ताक्षर गर्ने, सम्पती तथा दायित्वको मुल्यांकन गर्ने गराउने, शेयर आदन प्रदान अनुपात तय गर्ने, गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्