काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात मात्र लगानीकर्ताले पाउनेछन् । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद गरी कुल ७.५० लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्