×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घट्यो, गर्यो ६.०५ प्रतिशत लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घट्यो, गर्यो ६.०५ प्रतिशत लाभांश घोषणा

Artha Sarokar

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात मात्र लगानीकर्ताले पाउनेछन् । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद गरी कुल ७.५० लाभांश वितरण गरेको थियो ।
 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी