Skip to content
LAXMI SUNRISE BANK

सोमबारसम्म स्वावलम्बन लघुवित्तको सेयर किन्नेले २५% लाभांश पाउने, पुस १५ गते हुँदैछ वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने भएसँगै पुस ५ गते सोमबारसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १९% बोनस सेयर र ६% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी पुस १५ गते बिहान ११ बजे एलिस रिसेप्सन गैरिधारा, काठमाडौं सभा बोलाएको छ  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK