काठमाडौं । नेप्सेमा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले एचआइडीसीएलको ८% बोनस सेयर र लघुवित्तको २५% बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।
यी दुई वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज पुस ५ गते बुक क्लोज गरेका छन् । मूल्य समायोजनपछि एचआइडीसीएलको भाउ २४८ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ भने लघुवित्तको ११ सय ७६ हजार रुपैयाँ निर्धारण भएको छ । सोहि मूल्यका आधारमा आज सोमबार दुवै कम्पनीको कारोबार खुल्नेछ ।
गत आर्थिक वर्षको नाफाबाट एचआइडीसीएलले ८% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्दैछ । यस कम्पनीले पुस २२ गते वार्षिक साधारणसभा बोलाएको छ । यस्तै साना किसानले गत वर्षको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र कर तिर्न १.३१% नगद लाभांश वितरण गर्दैछ । यस लघुवित्तले पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ ।