×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाई सोमबारदेखि खरिद-बिक्री गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाई सोमबारदेखि खरिद-बिक्री गर्न सकिने

Artha Sarokar

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु आज सोमबारबाट खरिद-बिक्री गर्न सकिने भएको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सरल बचत फण्ड – इ (NMB Saral Bachat Fund – E) नामक खुलामुखी योजनाको इकाईहरु आज सोमबारबाट खरिद-बिक्री गर्न सकिने भएको हो ।
क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरीद बिक्रीको व्यवस्था मिलाईएको छ । सो इकाईहरु बिहिबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरिद बिक्री हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिनमा यस योजनाका इकाईहरुको खरीद बिक्री बन्द रहनेछ ।
यस खुलामुखी योजनाको एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन् । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरी १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई नामको खुलामुखी योजनाको इकाई निष्कासन गरेको हो । न्याभको आधारमा इकाई किनबेच हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी