×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको १४औं वार्षिक साधारणसभा मंगलबार, १६.६३१% लाभांश पारित गर्ने मुख्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्राइम कमर्सियल बैंकको १४औं वार्षिक साधारणसभा मंगलबार, १६.६३१% लाभांश पारित गर्ने मुख्य एजेन्डा

Artha Sarokar

६ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकको १४औं वार्षिक साधारणसभा आज मंगलबार हुँदैछ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा भिडियो कन्फ्रेन्समार्फत सहभागी हुने सेयरधनीलाई बैंकले पासवर्ड उपलब्ध गराउने भएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १६.६३१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
बैंकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुने भएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहेको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २२ गते बुक क्लोज गरेको छ । तसर्थ मंसिर २१ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी